अप्रिल 12, 2025

निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको प्रचण्डकाे टिप्पणी

 764,755 total views,  66 views today

२८ माघ २०७७, काठमाडौं

नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा आज आयोजना गरेकाे विरोधसभालाई सम्बोधन गर्दै उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको टिप्पणी गरेका छन् ।

‘७० प्रतिशत बहुमत हुँदाहुँदै अन्य निर्णय गर्छ भने त्योभन्दा नराम्रो केही हुँदैन,’उनले भने,‘निर्वाचन आयोगलाई हिजो गएर खबरदारी भनेछन् ओलीले। कसैको धम्कीबाट खुट्टा नकमाउनुस्।’

उनले थपे, ‘हाम्रो बहुमतको हिसाब नगर्ने अनि ओलीले धम्काउनेबितिक्कै केही गलत भएमा जनतालाई कम नठान्नु होला। कुनै पनि संवैधानिक निकायले नठान्नुहोला,’ उनले भने,‘खेलाँची नठान्नुहोला कसैले पनि। तर पनि मलाई विश्वास छ।’

अदालतले छिटो गरोस् र निर्वाचन आयोग खुट्टा नकमाउ मात्र भनेको उनको प्रष्टीकरण थियो।