अप्रिल 18, 2025

प्रचण्ड र माधवकुमार नेपाल आफू गाडीमा सवार हुँदै जनताले पाएको दुःखको तमासा हेर्न सडकमा निस्किएकाे अाराेप

 766,043 total views,  156 views today

माघ २२, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रचण्ड र माधवकुमार नेपाल आफू गाडीमा सवार हुँदै जनताले पाएको दुःखको तमासा हेर्न सडकमा निस्किएकाे अाराेप लगाएका छन् ।

अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आमहड्तालका नाममा अरुका गाडी जलाएर त्यही तमासा हेर्न प्रचण्ड र माधवकुमार गाडीमा निस्केको टिप्पणी गरेका हुन् ।

‘बन्द त खासै भएन जनतालाई दुःख दिनु भो। जनताको तरकारी फालिदिनु भयो। अरुका गाडी जलाउनु भयो,’ उनले भने, ‘आफू गाडीमा सवार हुँदै जनताले पाएको दुःखको तमासा हेर्न निस्के।’

एकजना गाडीमा सवार भएर निस्केको र अर्को बाइकमा बसेर जनताले कति दुःख पाए भनेर हेर्दै हिँडेको भन्दै उनले पुष्पकमल दाहाल र माधवकुमार नेपालमाथि व्यंग्य गरे।

‘कार्यकर्ता सक्किएछन्। अनि आफैं हामी यहाँ छौं भनेर उभिएका रहेछन्। उभिएको कहाँ भनेको त सातदोबाटोमा उभिएका रहेछन्।’ उनले भने,‘ब्राण्ड नै भयो हामी यहाँ छौं भन्ने। अब त हामी यहाँ छौं भन्ने टाँसेका उनकै कार्यकर्ता हुन् भन्ने बुझे हुन्छ।’

आन्दोलनका नाममा तरकारी सडकमा फाल्ने, गाडी जलाउने लगायतका उपद्रो भएको उनले बताए।