अप्रिल 18, 2025

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भई बुधबार शपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको नियुक्त बदर गर्न माग

 766,129 total views,  242 views today

माघ २१, काठमाडौं

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भई बुधबार शपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको नियुक्त बदर गरी काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन् ।

त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा दर्ता गराएकाे उक्त रिटकाे सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको छ।

‘०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नू’ भनी त्रिपाठीले रिटमा आदेश माग गरेका छन्।

संवैधानिक आयोगमा नियुक्त, शपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु भन्ने आदेश हुनुपर्ने उनको रिटमा माग गरिएको छ।

‘सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप छ,’ त्रिपाठीले भनेका छन्,‘तत्कालै रिटको सुनुवाइ भई नियुक्ति बदर गरेर काममा रोक लगाउन आदेश होस्।’