डिसेम्बर 24, 2024

उपराष्ट्रपति र सभामुखले गरे सपथ ग्रहण समारोह बहिस्कार

 750,107 total views,  526 views today

काठमाडौँ – कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गर्नुभएको छ । राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनुभएको हो ।
सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिनुभएको थियो