750,055 total views, 474 views today
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आजदेखि सरकारका तर्फबाट बहस हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा आजदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । सबै निवेदकको बहस सकिएकाले आजदेखि सरकारी पक्षले बहस गर्न लागेका हुन् ।
इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्लप्रधान र तेजबहादुर केसी रहनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा पुस २२ देखि निरन्तर सुनुवाई हुँदै आएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बहस गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखको तर्फबाट निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई