अप्रिल 18, 2025

प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे घर जानुपर्छ : गगन थापा

 766,018 total views,  131 views today

माघ १६, काठमाडौं

नेपाली कांग्रेसका नेता गगन थापाले अहिले अदालतमा बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर बहस भइरहेको बताउँदै मन नलागे प्रधानमन्त्री घर जान सक्ने बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गरेर भारत र बेलायतको संविधानको उदाहरण दिएकाेमा विराेध गरेका छन् ।

नेपालको संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेर अन्य देशको उदाहरण दिने भए ओली उतै जानुपर्ने थापाले बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले शुक्रबार शान्तिवाटिकामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त विचार व्यक्त गरेका हुन् ।

‘हाम्रो संविधानमा प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान छ। विघटनको अधिकार छैन। हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने अनि भारत र बेलायतको उदाहरण दिने भए उतै जानुस्,’ थापाले भने।