अप्रिल 14, 2025

यातायात कार्यालयका दुई कर्मचारी अख्तियारकाे नियन्त्रणमा

 765,185 total views,  47 views today

माघ १४, जनकपुरधाम

यातायात कार्यालयमा घुसवापतको रकम रहेको सूचनाको आधारमा छापा मारेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पौने तीन लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापरको कोठाबाट २ लाख २३ हजार ८ सय ५० रुपैयाँ र बिचौलिया राजकिशोर भगतको साथबाट ५० हजार रुपैयाँ बरामद गरेको हाे ।

कापरको कोठामा रहेका सोफा, खाट, दराज बाट प्रहरीले रकम बरामद गरेको जानकारी दिएकाे छ ।

अख्तियारको ६ घण्टे स्टिङ अपरेसनबाट २ लाख ७३ हजार ८ सय ५० रुपैयाँ सहित दुई जना पक्राउ परेका हुन्। टोलीले मंगलबार अपरान्ह ४ बजेदेखि नै कार्यालयलाई सिल गरी अनुसन्धान गरेको थियो।