डिसेम्बर 24, 2024

निर्वाचन आयोगले नेकपाका दुवै समूहको फेरबदललाई अस्वीकार

 750,100 total views,  519 views today

काठमाडौँ – निर्वाचन आयोगले नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल समूहले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई पुनः अस्वीकार गर्ने भएको छ ।
दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले लिएका निर्णय दलको विधानसम्मत रहेका छैनन् ।
आयोगले दुवै पक्षको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गर्नुको अर्थ औपचारिक रूपमा नेकपा एउटै रहेको मानिने जानकारहरू बताउँछन् । आयोगको रेकर्डमा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड नै हुनेछन् भने वरिष्ठ नेता नेपाल पार्टी अध्यक्ष बनेको विषयले वैधानिकता पाउने छैन । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै सत्तारूढ दल नेकपाको विवाद उत्कर्षमा पुगेर व्यवहारतः पार्टी विभाजित भएको छ ।