डिसेम्बर 24, 2024

भारतले अनुदानमा दिएको कोभिड खोप काठमाडौं आइपुग्याे

 750,136 total views,  555 views today

माघ ८, काठमाडौं

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड खोप काठमाडौं आइपुगेको छ । दिल्लीबाट खोप बोकेर एयर इण्डियाको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो ।

आज बिहान एयर इन्डियाको बिमान खोपको खेप लिएर भारतबाट उडेको थियो। पहिलो चरणमा भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि खोप प्रदान गरेको हो।

नेपाल ल्यान्ड भएको खोप ५ दिनभित्र मुलुकभरि पठाइसकिने तयारी सरकारले गरेको छ। यो खोप कोभिड १९ विरुद्ध फ्रन्ट लाइनमा रहेका मानिसहरुलाई दिइने जनाइएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले १० लाख डोज खोप लिएर नेपालका लागि विमान उडेको जनाएका थिए। उनका अनुसार आजै बंगलादेशलाई पनि भारतले खोप पठाएको छ।