अप्रिल 16, 2025

भारतले नेपाललाई कोरोनाविरुद्धको दस लाख डोज खोप दियाे अनुदान

 765,275 total views,  8 views today

माघ ७, काठमाडौं

भारतले नेपाललाई कोरोनाविरुद्धको दस लाख डोज खोप अनुदानमा उपलब्ध गराएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले दिएका छन् ।

पत्रकार सम्मेलनमा उनले सहयोगका लागि भारत सरकारलाई धन्यावाद दिदै उक्त परिमाणको खोप बिहीबार नै काठमाडौंमा ल्याइने जानकारी समेत दिए।

उनले खोप लगाउने सबै तयारी भइसकेको बताए। पहिलाे चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई खाेप लगाइनेछ।