750,230 total views, 44 views today
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ । आजदेखि लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो डेढ महिनामा इन्डियन आयल कर्पोरेसनबाट मूल्य अचाक्ली बढेर आएकाले यसपटक थेग्नै नसकेर मूल्य बढाउनुपरेको बताउनुभयो ।
अन्य खवर
घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
फेरि बढ्याे पेट्रोल, डिजेल र ग्यासको मूल्य