750,092 total views, 511 views today
पुष २९, सगरमाथा
काठमाडौं : सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै एक जना भारतीय पत्रकारले अभिव्यक्ति दिएका छन् । नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने विवादास्पद अभिव्यक्ति दिने पत्रकार भारतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी हुन् ।
उनले आधार शिविरमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
सन् १८५२ मा राधानाथ सिकन्दरले तत्कालिन समयमा सगरमाथाको उचाई नापेका कारण सगरमाथामा भारतको दावी हुनुपर्ने चौधरीको अभिव्यक्ति छ । उनले भिडियोमा सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ नभई ‘माउण्ट सिकन्दर’ राख्नुपर्ने दावी गरेका छन् ।
भारत बंगालका गणितिज्ञ सिकन्दरले पहिलोपटक सगरमाथाको उचाई नापेको पनि चौधरीको दावी छ । उनले दिएको विवादास्पद अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान