766,181 total views, 294 views today

पुस २६, काठमाडौं
२९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गांठो बलियो पार्न आह्वान गरेका छन्।
विज्ञप्तिमा पूर्वराजा शाहले अहिले देश जटिल अवस्थामा पुगेकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।
उनले नेपाल राष्ट्र निर्माणमा आफ्नो जीवन समर्पण गरेका पृथ्वीनारायण शाहलाई सम्झिदा सबै नेपाली गौरवान्वित हुने गरेको बताए ।
पृथ्वीनारायणको समयमा सानो चातूर्य, साहस र वीरताबाट मात्र नभई दैविक आशीर्वाद, अदम्य साहस, पौरख र कुटनीतिक कौशलको अद्वितीय क्षमताबाट देबभूमि नेपालको स्थापना भएको उल्लेख गर्दै शाहले यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा रहेकाे समेत बताए ।
नेपालको निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायका आ-आफ्नै विशिष्ट योगदान रहेको बताउँदै शाहले नेपाल विश्वको एकमात्र सबै जातीय, भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपजबाट स्थापित मुलुक भएको उल्लेख गरेका छन्।
‘त्यसैले आज पनि राष्ट्रनिर्माता बडामहाराजाधिराजबाट मार्गदर्शनका निम्ति बक्सेको दिब्यउपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको महसुस हामी सबैले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तो समयमा पृथ्वी जयन्त्रीको सार्थकता बढेको र राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा पूर्वाराजा शाहले जोड दिएका छन्।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान