डिसेम्बर 25, 2024

नेपाली कांग्रेस संवैधानिक सबै विकल्पका लागि तयार रहेकाे विमलेन्द्र निधिकाे भनाई

 750,306 total views,  120 views today

The Deputy Prime Minister of Nepal, Shri Bimalendra Nidhi calls on the Prime Minister, Shri Narendra Modi, in New Delhi on August 20, 2016.

पुष २६, जनकपुरधाम

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

जनकपुरधाममा सहिद सत्यनारायण पाठकको शालिक अनावरण कार्यक्रममा निधिले प्रतिनिधिसभा पुनस्र्थापना भए पनि वा निर्वाचन भए पनि दुबै विकल्पका लागि कांग्रेस तयार रहेको स्पष्ट पार्दै संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले प्रतिनिधिसभा पुनस्र्थापना हुनेनहुने सर्वोच्च अदालतले निर्णय गर्ने भएकाले कांग्रेसका नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा समेत लाग्न आह्वान गरे।

‘कुनै पनि लोकतान्त्रिक शक्ति निर्वाचनबाट डराउनै सक्दैन, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनता माझ जान सदैव तत्पर छ।’ उनले थपे, ‘बरु कम्युनिष्टहरु लोकतन्त्रलाई रुचाउँदैनन्, कम्युनिष्ट र लोकतन्त्र कहिल्यै सँगसँगै हिड्न सक्दैन, जसको प्रत्यक्ष उदाहरण हो प्रधानमन्त्री ओलीको पछिल्लो असंवैधानिक कदम।’

नेता निधिले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी रहेको र उनले संसदीय व्यवस्थामा लगाएको रोगको उपचार अदालतले गर्नेमा विश्वास व्यक्त गरे। यद्यपि अदालतको उपचारअघि प्रधानमन्त्रीको यो कदमको प्रतिकार जारी रहने चेतावनी उनको थियो।