अप्रिल 19, 2025

अाज देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसकाे प्रदर्शन, देउवाले काठमाडौं क्षेत्र ५ अन्तर्गत प्रदेश सभा ख मा सम्बोधन गर्ने

 766,719 total views,  481 views today

पुष २५, काठमाडौं

अाज हुने भनिएकाे प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसकाे प्रदर्शनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा सम्बोधन गर्ने भएका छन्।

उनले काठमाडौं क्षेत्र ५ अन्तर्गत प्रदेश सभा ख को कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल क्षेत्र ७ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र ख मा सहभागी हुँदैछन्। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदर्शनीमार्गमा सम्बोधन गर्दैछन्। यो काठमाडौं ६ को प्रदेश ‘क’ मा पर्दछ। नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सम्बोधन गर्नेछन् भने गगन थापाले क्षेत्र ४ को दुबै प्रदेश निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेकाे काँग्रेसकाे पुस १९ गतेको केन्द्रीय समितिबाट थप आन्दोलनको कार्यक्रम घोषणा अनुसार अाज देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन हुन लागेकाे छ ।

काँग्रेसले माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिसकेको छ।