750,071 total views, 490 views today
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी पुगेका छन् । आज काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न धनगढी पुग्नुभएको हो । धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कुनै अधिकारी पुगेका छैनन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ । कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ ।
प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभामा करिव ५० हजार कार्यकर्ता उतार्ने तयारी रहेको बताईएको छ । जसका लागि सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना चार दिनेदेखि धनगढीमा खटिएका छन् ।प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिमप्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन्
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान