डिसेम्बर 25, 2024

नेकपा उपाध्यक्ष वामदेव गाैतम र चिनियाँ राजदूत हाेउ यान्छीबीच भेटवार्ता

 750,311 total views,  125 views today

पुष २४, काठमाडौं

बिहिबार नेकपा उपाध्यक्ष वामदेव गाैतम र नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीबीच भेटवार्ता भएकाे छ ।

भेटमा नेपालकाे समसामयिक राजनीतिक घटनाक्रमकाे बारेमा छलफल भएकाे गाैतम निकट स्राेतले जनाएकाे छ ।

नेकपा दुई खेमा बिचकाे चर्काे विवादकाे याे समयमा नेता गौतम र राजदूत यान्छीबीच बिहीबार दिउँसो काठमाडौंको नक्सालमा भएको भेटवार्तालाई महत्त्वका साथ हेरिएकाे छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेको छ ।

गाैतम अाफू पार्टी एकताकाे पक्षमा रहेकाे बताउदै दुई समूहमध्ये कुनैमा पनि लागेका छैनन् ।