750,218 total views, 32 views today
काठमाडौँ – नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतमा बस्ने तय भएको छ । गत वर्ष सुरुमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे देखिएको दुई देशको विवादबीच आयोगको बैठक बस्न लागेको हो । दुबै देशले औपचारिक रुपमा बैठकको मिति सार्वजनिक नगरेपनि परराष्ट्रमन्त्री ज्ञवालीको तीन दिने भारत भ्रमण तय भएको छ ।
आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते नयाँदिल्ली जाने तय भएको छ । स्रोतका अनुसार ज्ञवालीले भारतमा रहँदा संयुक्त आयोगको बैठकका अतिरिक्त उच्च राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा विघटनपछि दलहरूबीच ध्रुविकरणको स्थिति बनिरहेको बेला तय भएको ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई