अप्रिल 19, 2025

संसद विघटनको संबैधानिकताको परिक्षण अदालतले गर्छ, अदालतलाई दवाव/प्रभाव पार्ने काम सरकार/सडक कतैबाट हुन हुदैन : कमल थापा

 766,552 total views,  314 views today

पुष २२, काठमाडौं

राप्रपाका अध्यक्ष कमल थापाले संसद विघटनको संबैधानिकताको परिक्षण अदालतले गर्ने बताएका छन्

बुधबार बिहान ट्विटर मार्फत उनले संसद विघटनकाे संबैधानिकता परिक्षण अदालतले गर्ने भन्दै अदालतलाई दवाव/प्रभाव पार्ने काम सरकार/सडक कतैबाट हुन नहुने बताएका हुन् ।

गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई बहुमत दिएकाे कमल थापाकाे भनाई छ ।

जनताको म्याण्डेटलाई नेकपाले धोखा दिएकाे भन्दै यस्ताे अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक/संबैधानिक मान्यता हुने उनकाे विचार रहेकाे छ ।

“गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई बहुमत दिएका हुन्।” थापा लेख्छन्, “जनताको म्याण्डेटलाई नेकपाले धोखा दियो । यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक/संबैधानिक मान्यता हो ।”

कानुनीरूपमा नेकपा नफुटेकाे हुनाले ताजा जनादेश प्राप्त नगरी कंग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुने थापाले बताए ।