अप्रिल 19, 2025

दहाल – नेपाल समूहले गर्‍यो प्रतिनिधिसभा विघटन विरुद्धकाे दाेस्राे चरणकाे संघर्षको कार्यक्रम

 766,534 total views,  296 views today

पुष १८, काठमाडौं

नेकपाको दाहाल– नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठकाे नेतृत्वमा रहेकाे संघर्ष समितिले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो।

दोस्रो चरणका पुस २० गतेदेखि माघ २३ गतेसम्मलाई तय गरिएकाे कार्यक्रममा वडा तहदेखि राजधानीमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम रहेका छन् ।