750,237 total views, 51 views today
काठमाडौँ – आज प्रधानमन्त्री केपी ओली समूहको नेकपाले काठमाडौंमा बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १ बजेका लागि भेला बोलाएको हो । भेलामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ओली समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलामा पार्टीका काठमाडौं जिल्ला, नगर र क्षेत्रीय कमिटीका अगुवा कार्यकर्ता तथा जनवर्गीय संगठनका प्रतिनिधि सहभागी हुने भएका छन् । विभिन्न जिल्लामा ओली समूह र प्रचण्ड–माधवकुमार नेपाल समूहले समानान्तर भेलाहरू भइरहेका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई