डिसेम्बर 24, 2024

चिनियाँ टाेली र देउवा बिच भेटवार्ता

 749,678 total views,  97 views today

पुष १४, बुढानिलकण्ठमा

मंगलबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले कांग्रेस सभापति देउवालाई भेटेकाे छ ।

टाेली देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठमा पुगेको थियो ।

देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेशकुमार भट्टराईले जानकारी दिए अनुसार टोलीसँग दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको थियाे ।

भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येझाउले कांग्रेस चीनको असल मित्र रहेको बताएको भट्टराईले बताउनुका साथै टोलीलाई सभापति देउवाले सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुग्‍न लागेकोमा बधाई दिएको उनले बताए ।

जवाफमा येझाउले धन्यवाद दिँदै अर्को वर्ष चीनले भव्य कार्यक्रम गर्न लागेको र त्यसमा देउवालाई पनि सामेल हुन निम्तो दिएको भट्टराईले जानकारी दिए ।

टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेताहरुसँग भेटवार्ता गरेको थियो ।