डिसेम्बर 24, 2024

विप्लव समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

 750,174 total views,  593 views today

पुष १४, सङ्खुवासभा

सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका ४ मैदानेबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामान बरामद गरेको छ।

नेपाल प्रहरीले सोमबार सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामान बरामद गरेको बताएकाे छ ।

सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका ४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामान बरामद गरेको हाे ।

चन्द समूहका कार्यकर्ताले चैनपुर ४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर बरामद समाग्री सार्वजनिक गरेकाे हाे ।

प्रहरीले घटनास्थल चैनपुर नगरपालिका ४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच–६ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो।

त्यस्तै टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए।