अप्रिल 18, 2025

अाेलीकाे हिराेइजम निराेइजनमा परिणत : विश्वप्रकाश शर्मा

 765,937 total views,  50 views today

पुष १३, काेटेश्वर

अाेलीकाे हिराेइजम निराेइजनमा परिणत हुँदा फेरि सडकमा अाएर संघर्ष गर्नु परेकाे कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

संसद् विघटनको विरुद्धमा कोटेश्वरमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले ओली हिरोबाट निरो बनेको बनेकाे बताएका हुन् ।

‘१५ वर्षअघि मानिसहरु मर्दैथिए। कांग्रेसले समन्वय गरेर देशलाई अघि बढायो। शान्ति आयो, संविधान बन्यो,’ उनले भने, ‘त्यो बेला हामीले युवाहरुलाई भनेको हो– अन्तिम पटक संघर्ष गरौं। अब सडकमा आउनु पर्दैन। तर, ओलीको हिरोइजम निरोइजनमा परिणत हुँदा फेरि संघर्ष गर्नुपर्ने अवस्था आएको छ।’

‘कांग्रेसले सडक कालोपत्रेको सपना देखायो, ओलीको चुच्चे रेललाई तपाईंले सपना मान्नुभयो। कांग्रेसले खानेपानीको कुरा गर्यो, तपाईंहरुले पानीजहाजको सपना मान्नुभयो,’ उनले भने, ‘तपाईंहरुका सपना खण्डित भइसके, अब बिउँझिनुस्।’

अस्थिरताका कारण देश विकास हुन सकेन भनेर नै प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार संविधानमा नराखिएको भन्दै अाेलीले गरेकाे क्रियाकलाप असंवैधानिक भएकाे शर्माले बताएका छन् ।

अहिलेको अवस्था आउनमा ओलीजत्तिकै पुष्पकमल दाहाल, माधवकुमार नेपाल र विद्यादेवी भण्डारी समेत दोषी रहेको उनले बताए ।