750,099 total views, 518 views today
काठमाडौँ – आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुने कांग्रेसले जनाएको छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने तय गरिएको छ । महामन्त्री डाक्टर शशांक कोइरालाले नवलपुरमा, पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौंको बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र गगन थापाले बाँकेको नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई