749,738 total views, 157 views today
पुस १२, संखुवासभा
आइतबार दिउँसो साढे ३ बजेतिर संखुवासभाको चैनपुर–४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।
प्रहरीको सर्च अपरेसनका क्रममा विप्लवका कार्यकर्ताले फायर खोलेपछि गोली चलाउनु परेको प्रदेश नम्बर १ का डीआईजी ईश्वरबाबु कार्कीले बताएका छन् ।
दोहोरो गोली हानाहान भए पनि कुनै मानवीय क्षति भने भएको कार्कीले बताए ।
‘हाम्रो टोली गस्तीमा रहेको बेला उनीहरुको समूहले गोली चलायो,’ उनले भने,‘त्यसपछि हामीले पनि गोली चलाएका हौं।’
उनका अनुसार प्रहरीले १९ राउण्ड गोली चलाएको छ। प्रहरीले जवाफी कारवाही गरेपछि विप्लव समूहका कार्यकर्ता भागेका थिए। उनीहरुको साथबाट विष्फोटक पदार्थसहितका केही सामानहरु प्रहरीले बरामद गरेको छ।
गोली हानाहान भएपछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघि पनि मैदानेमा दुई पटक प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भइसकेको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई