डिसेम्बर 24, 2024

प्रदेश १ को मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

 750,094 total views,  513 views today

काठमाडौँ – प्रदेश १ को मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ । नयाँ मुख्यमन्त्रीका रूपमा नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्यको नाम राखिने भएको छ । प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेका हुन् ।
यसअघि शनिबार साँझ मात्रै मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गर्नुभएको थियो । अविश्वास प्रस्तावमा प्रचण्ड–नेपाल समूहका ४४ सांसदको समर्थन रहेको बताइएको छ । प्रस्ताव पारित गराउन ४७ मत आवश्यक पर्छ । अविश्वासको प्रस्ताव पारित गराउन कांग्रेसको पनि साथ रहने प्रचण्ड–नेपाल पक्षले विश्वास लिएको छ ।