अप्रिल 18, 2025

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री नेतृत्वको टोली आज नेपाल अाउँदै

 765,941 total views,  54 views today

पुष १२, काठमाडौं

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज नेपाल अाउँदै छ ।

उपमन्त्री गुअाेसहित ४ जनाकाे टाेली बेइजिङबाट छन्दु हुँदै दिउँसाे काठमाडौं अाेर्लने लागेकाे हाे ।

टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे जानकारी गराइएकाे छ ।

प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा विभाजित भएका बेला आउन लागेका चिनियाँ उपमन्त्रीको भ्रमणलाई विशेष चासाेका साथ हेरिएकाे छ ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विवाद सुल्झाउन विशेष पहल गर्ने उनीहरूकाे तयारी रहेकाे बुझिएकाे छ ।

नेकपा विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेट गरेकी थिएन् ।