अप्रिल 18, 2025

विस्तारित मन्त्रिपरिषद्काे पहिलाे बैठक अाजै

 765,938 total views,  51 views today

पुस १०, काठमाडौं

आज मन्त्रिपरिषद् विस्तार पश्चात् साँझ ८ बजेका लागि प्रधानमन्त्री केपी शर्मा अाेलीले बैठक बोलाएका हुन्।

नयाँ मन्त्रीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ।

सात जना मन्त्रीहरुले पदबाट राजीनामा दिएपछि रिक्त रहेको स्थानमा मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्रीले विस्तारित मन्त्रिपरिषद्काे पहिलाे बैठक अाजै बाेलाएका हुन् ।

बालुवाटार स्रोतका अनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ। साह यसअघि नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए। उनी दाहाल–नेपाल समूहमा नै रहेको आकंलन गरिए पनि आज मन्त्रीमा नियुक्त भएपछि उनले ओली समूह तर्फ फर्किएको देखिएको छ।

त्यस्तै पर्यटन मन्त्रीको जिम्मेवारी मणि थापाले पाएका छन् भने शिक्षा मन्त्रीको जिम्मेवारी दावा लामालाई दिइएको छ।

खानेपानी मन्त्रीको जिम्मेवारी गौरीशंकर चौधरीलाई तोकिएको छ। त्यस्तै टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएको बुझिएको छ।