750,280 total views, 94 views today
काठमाडौँ – कालीगण्डकी करिडोरमा भिरबाट बुधबार बिहान ट्रक खँस्दा ३ जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटस्थित सेतो पहराबाट करिब २ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो ।
लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कँदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलमा ३ जना शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतकहरुको पहिचान खुलिसकेको छैन । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी घटनास्थलमा पुगेको छ । घटनास्थल गैंडाकोटबाट ३५ किलोमिटर उत्तरमा पर्छ ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान