अप्रिल 19, 2025

मध्यावधि निर्वाचन एकै चरणमा गर्न निर्वाचन अायाेगकाे सुझाव

 766,532 total views,  294 views today

पुष ५, काठमाडौं

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्यावधि निर्वाचन एकै चरणमा गर्न आइतबार भएको परामर्शमा सुझाव दिएका छन् ।

प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच निर्वाचन मितिका बारेमा परामर्श भएको र आयोगका तर्फबाट दुई चरणमा भन्दा एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझव दिइएकाे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र नेकपा नेता सुवास नेम्वाङ पनि सहभागी थिए।

सरकारको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुका साथै आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी छन्।