750,206 total views, 20 views today
काठमाडौँ – टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक नीजि लगानीको अस्पतालमा आगलागी हुँदा उपचाररत कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । टर्कीको स्वास्थ्यमन्त्री फारेटिन कोकाका अनुसार अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी भएको हो ।
गाजियनटेपको गभर्नर कार्यालयले यसअघि विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्षमा भएको ग्यास विस्फोटका कारण नौ जनाको मृत्यु भएको जनाएको थियो । आगलागीमा परी अन्य ११ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन् ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान