766,540 total views, 302 views today

पुष ४, काठमाडौं
आज बिहानैदेखि राजनीतिक भेटघाट तीव्र पारेका प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज राष्ट्रपतिलाई पनि भेटेका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले मन्त्री निवास पुल्चोक पुगेर मन्त्रीहरुसँग भेट गरेका थिए। अध्यक्ष ओलीले पुल्चोकमा पुगेर सुरुमा गृहमन्त्री रामबहादुर थापालाई भेटेका थिए।
थापासँगको छलफलपछि अरु मन्त्रीहरुलाई पनि उनकै निवासमा बोलाएर भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रीहरुसँगको भेटमा ओलीले समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ।
साथै आफूले अर्का अध्यक्ष दाहाललाई भेट गरेको र भेटमा सरकारका कामबारे दाहालले राखेको चासो, अध्यादेश फिर्ताको विषय पनि मन्त्रीहरुलाई जानकारी गराएका थिए।
ओली बिहान ११ बजे दाहाल निवास खुमलटार पुगेका थिए। दुई अध्यक्षबीच नेकपाभित्र लामो समयदेखि जारी विवाद समाधानबारे छलफल भएको बताइएको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई