अप्रिल 14, 2025

उखु किसानकाे पैसा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने सरकारकाे निर्णय

 765,145 total views,  7 views today

पुष १, काठमाडौं

मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए।

‘बैठकले किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई पक्राउ गर्ने निर्णय भएको छ,’ गृह स्रोतले भन्यो।

पैसा नपाएपछि अहिले उखु किसानहरूले सडकमा आन्दोलन गरिरहेका छन्।