मे 15, 2025

नेकपाका अध्यक्षद्वय बिच भेटवार्ता

 774,697 total views,  247 views today

मङ्सिर २४, बालुवाटार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा भेट भएको छ।

दुई अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्तावले गर्दा नेकपाको विवाद उत्कर्षमा पुगेको र उनीहरुबीच भेटवार्ता पनि पातलिएको समयमा याे भेटलाई महत्त्वका साथ हेरिए पनि सामान्य छलफल बाहेक अन्य कुनै ठोस कुरा नभएको बताइएको छ।

भेटका लागि प्रचण्ड साढे ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

ओलीको अनुपस्थितिका बीच प्रचण्डले मंसिर २१ गते स्थायी कमिटी बैठक सञ्चालन गरेका थिए। स्थायी कमिटीकै अर्को बैठक मंसिर २८ गतेका लागि बोलाइएको छ।