मे 8, 2025

प्रधानमन्त्रीले बाेलाए संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकाे बैठक

 770,472 total views,  391 views today

मङ्सिर २२, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकाे बैठक अायाेजना गरेका छन् ।

बिहान ११:०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएकाे छ ।

“सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ।” प्रेस सल्लाहकार सुर्य थापाले ट्विटरमा लेखेका छन्, “बिहान ११:०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।”

पछिल्लो समयमा राजसंस्था पुनर्स्थापना मागि राखि र्‍याली भइरहेकाे छ ।

रामचन्द्र पाैडेललाई प्रहरीले तनहुमा पक्राउ गरेकाे विषयलाई लिएर कांग्रेस सरकारसँग असन्तुष्ट भएकाे छ ।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अान्तरिक विवाद चुलिदाे छ ।

यीनै विषयमा छलफल हुने अाकलन गरिएकाे छ ।