डिसेम्बर 25, 2024

नेकपा सचिवालय बैठकमा ओली जाने कि नजाने अझै अनिश्चित

 750,275 total views,  89 views today

काठमाडौँ – सत्तारुढ नेकपाको आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली जाने कि नजाने भन्ने कुरा निश्चित भएको छैन् । ओली अनुपस्थित भएकै कारण गत मंगलबार बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेर बसेर स्थगित भयो । पुनः बैठक आज (शनिबार) दिउँसो १ बजे बस्ने निर्णय गरियो । शनिबार १ बजे बस्ने सचिवालय बैठकमा अध्यक्ष ओली उपस्थित हुने वा नहुने कुरा निश्चित नभएको नेताहरु बताउँछन् । तर उनलाई लगातार दोस्रो बैठकमा अनुपस्थित हुने आधार पेस गर्न अप्ठ्यारो छ । यता कार्यकारी अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालसहितका बहुमत सदस्यहरु ओली उपस्थित नभए पनि शनिबारको बैठक बस्ने र पहिलेदेखि छलफलमा रहेका प्रस्तावहरुलाई अघि बढाउने तयारीमा रहेको देखिन्छ ।