749,637 total views, 56 views today
मङ्सिर १७, कर्णाली
प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा ३ जना प्रहरी निलम्बनमा परेका छन् ।
निलम्बनमा पर्ने नेपाल प्रहरीका दुई एसपी र एक जना इन्स्पेक्टर छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो।
एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।
यस्तै प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई पनि निलम्वन गरिएको उनले जानकारी दिए । उनीहरुमाथि छानविन अघि बढाइएको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान