749,545 total views, 496 views today
काठमाडौँ – चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ । चीनको रोबोटिक चाङ–अ फाइभ अभियान अन्तर्गत गएराति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो । चीनको पछिल्लो चन्द्र अभियानको उद्देश्य चन्द्रमाबाट चट्टान तथा धूलो संकलनन गरेर पृथ्वीमा फर्कनु रहेको छ । चीनको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ । चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गर्दै सामग्री संकलनमा बिताउने बीबीसीले जनाएको छ ।
ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडार जस्ता यन्त्र जडान गरिएको छ । उसले भुइँबाट ढुंगा वा धूलो उठाएर करिब दुई किलो सामानलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ । जसले त्यसलाई पृथ्वीमा फर्काउनेछ । यदि फर्कन सफल भएमा सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान हुनेछ ।
अन्य खवर
चीनको चन्द्रमा मिशनमा रहेकी २४ वर्षीया महिलाको चर्चा
सर्वोच्च शिखरले पायो नयाँ उचाइ
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म