जुन 16, 2025

भाैतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने त्रिविकाे तयारी

 787,189 total views,  134 views today

मङ्सिर १५, कीर्तिपुर

भौतिक उपस्थितिमै कक्षा चलाउनका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनुमति लिने देखि क्याम्पसहरु तयार बनाउने कामसम्म भएको जनाएको छ ।

अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएको त्रिविले धेरै विद्यार्थीहरू अानलाइनमा उपस्थित हुन नसकेका कारण भाैतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे ।

संक्रमण अत्यन्त न्यून भएको स्थानमा भौतिक उपस्थितिमै कक्षा चलाउन अनुमति प्रदान गरिएको त्रिविले जानकारी दिएकाे छ ।

विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ ।

विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्न सकेको छैन ।

काठमाडौं उपत्यकासहित मुख्य सहरमा र संक्रमण फैलिएको स्थानमा भने अझै अनलाइन कक्षाबाटै पठनपाठन गरिने त्रिविले जनाएकाे छ ।