अप्रिल 12, 2025

पछिल्लाे २४ घण्टामा १६ सय संक्रमित थपिए

 764,769 total views,  80 views today

मङ्सिर ११, काठमाडौं

पछिल्लाे २४ घण्टामा १६ सय १४ जना संक्रमित थपिएका छन् भने १४ सय ३७ जना संक्रमणमुक्त भएका छन्।

त्यसैगरि पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको छ।

अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ।