749,717 total views, 136 views today
‘वृक्ष लगाउ,पर्यावरण जोगाउ’ मुल नाराका साथ जनकपुरको गिरनारी कुट्टिमा एक कार्यक्रम बिच वृक्षारोेपण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गिरनारी कुट्टि सन्यासी आश्रममा ग्रीन स्पेस जनकपुर र श्री गिरनारी युवा सेवा समितिको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । अहिलेको समयमा चुरेदोहन र जथाभावी वनफडानी भैरहेकाले बोट विरुवा रोपि पर्यावरण जोगाउनु आवश्ययक रहेको नेपाल तरुणदल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले बताए । सोही उद्देश्य अनुरुप वृक्षारोपण कार्यक्रम लगायत पर्यावरण संरक्षण गर्नु तर्फ सबैले चासो दिनु आवश्यक रहेको बताए । वृक्षारोपण कार्यक्रममा वक्ताहरुले पर्यावरण जोगाउन सबैलाइ आ –आफ्नो स्तरबाट बृक्षारोपण गरी सहयोग गर्न आग्रह गरेका थिए । कर्यक्रमका प्रमुख आतिथि गुठी संस्थान जनकपुरधाम शाखाका प्रमुख बैकुण्ठ रेग्मीले गरेका थिए । यस्तै कार्यक्रममा गिरनारी कुट्टिका महन्थ श्री शिवु गिरि, सुरेश शर्मा, राजु पासवान, जमुना भुजेल, महेन्द्र प्रसाद साह, महेस प्रसाद साह, प्रदिप शर्मा तिवारी, सुभाष पाठक, शंकर मिश्र, चन्दन राय, रोशन मण्डल, राकेस यादव, विजय यादव, मनोरञ्जन कर्ण, प्रदिप बस्नेत, मोहन साह, सुशील सिंह बच्चा, बलराम साह, रोहित साह, आकास ठाकुर लगायतको उपस्थिती रहेको थियो ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान