750,012 total views, 431 views today
बालिका हत्या प्रकरणमा एकजना प्रदर्शनकारीको मृत्यु पस्चात अहिले महोत्तरीको बर्दिवासमा निषेधाज्ञा जारी गरिएको छ।
बर्दिवास घटनामा प्रहरीको गोली लागि घाइते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले जानकारी दिए।
हत्याको विरोधमा भएको प्रर्दशन घाइतेको मृत्यु भएपछि अझै चर्किनसक्ने भन्दै प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोली बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि भएको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका न्यौपानको ग्रान्डी अस्पतालमा मंगलबार राति मृत्यु भएको थियो। उनीसँगै घाइते भई काठमाडौं उपचारका लागि ल्याइएका २६ वर्षीय श्याम कार्कीको भने उपचार जारी छ।
बालिका गुलाबको शव राखेर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो।
आइतबार साँझ वेपत्ता भएकी बर्दिवास–१४ शुभम् बस्ती बस्ने शाहिद आलमकी ६ वर्षीया छोरी गुलाबको शव सोमबार राति घरभन्दा केही दूरीमा बोरामा राखिएको अवस्थामा फेला परेको थियो।
गुलाब हत्याको आरोपमा प्रहरीले शुभम् बस्तीमै किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण साहलाई पक्राउ गरेको थियो। घटनामा अरुणको संलग्नता रहेको खबर बाहिर आएलगत्तै आक्रोशित स्थानीयवासीले उनको तीन तल्ले पक्की घरमा आगो लगाएका थिए।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान