अप्रिल 18, 2025

बर्दिवासमा आज बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू

 765,919 total views,  32 views today

मङ्सिर १०, बर्दिवास

प्रहरीकाे गाेली लागेर गम्भीर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्याैपानेकाे गय राती काठमाडौंकाे ग्राण्डि अस्पतालमा मृत्यु भएकाे छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनकाे बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलन गरिरहेका बेलमा बुद्धिराम न्याैपानेलाई प्रहरीकाे गाेली लागेकाे थियाे ।

१४ वर्षीय बालिका खातुनको शव बाेरामा बेरेकाे अवस्थामा उनकै घर नजिक भेटिएकाे थियाे । अन्दाेलनकारीले उनकाे शव सडकमा राखेर मंगलबार प्रदर्शन गरेका थिए।

प्रदर्शनकैक्रममा तीघ्रामा गाेली लागे पछि उपचारका लागि हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएकाे न्याैपानेकाे गए राति मृत्यु भएको हो।

न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन भइरहेका छन्। थप प्रदर्शन हुन नदिन भन्दै प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू गरेको छ।