749,811 total views, 230 views today
काठमाडौँ – बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । बर्दिबास–१ का बुद्धिराज न्यौपानेको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिबास–५ का श्याम कार्कीको ग्रान्डीमै उपचार भइरहेको छ । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र कार्कीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । हत्या गरी बोरामा हालेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।
अन्य खवर
जाेशीकाे मस्तिष्कको शल्यक्रिया
तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउने प्रधानमन्त्रीको भनाइ
भारतमा काेराेना भ्याक्सिन लगाएकाहरू मध्ये केहिमा साइड इफेम्ट देखियाे