749,849 total views, 268 views today
काठमाडौँ – नारायणहिटी दरबार संग्राहलयभित्र रहेको ‘श्री सदन’ सर्वसाधारणका लागि खुला गरिएको छ । तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली इतिहासमा दुई सय ४० वर्षे इतिहासको नमुनाको रुपमा श्रीसदनको संरक्षण गर्ने बताउनुभयो ।नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको बताउनुभयो । श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ ।
श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ । २०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो ।
अन्य खवर
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
सर्वोच्च अदालतको निर्णयलाई सरकारले सम्मानपूर्वक लिएको छ : पार्वत गुरुङले
निर्मलाकाे हत्यारालाई पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन