764,771 total views, 82 views today

मङ्सिर ६, काठमाडौं
क्यानले मंसिर १० गतेदेखि काठमाडौंमा बन्द प्रशिक्षण सञ्चालन गर्ने गरि २२ खेलाडीलाई बोलाएको छ ।
नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपाय अपनाएर आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण दिन लागिएको क्यानले बताएको छ ।
मंसिर ८ गते सबै खेलाडीको पीसीआर टेस्ट गराउने र रिपोर्ट नेगेटिभ आएका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने उसको योजना रहेको छ ।
जगतबहादुर टमाटालाई राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा राखिएको छ।
ज्ञानेन्द्र मल्ल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), पारख खड्का, सन्दिप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन शर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी रहेको क्यानले जानकारी गराएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान