750,079 total views, 498 views today
कार्तिक ३०, बालुवाटार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष र उपाध्यक्ष बीच भेटवार्ता भएको छ । अताइबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गाैतम बीच भेटवार्ता भएको हो ।
करिब एक घण्टाको भेटमा पार्टीमा चुलिदै गएको विवाद समाधानका विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेटमा विवाद समाधानका लागि ओली सुर्धिनुपर्ने गौतमले सुझाएका छन् । उक्त प्रस्ताव बाँकीका सचिवालय सदस्यको पनि राय रहेको उनले ओलीलाई बताएका छन् ।
अहिले आएको राजनीतिक मतभिन्नतालाई सचिवालय बैठकमा प्रवेश गराएर गहन समीक्षा गर्नुपर्ने र त्यसैले निक्र्यौल निकाल्न सक्ने गौतमले बताएका छन् ।
ओलीले भने गौतमलाई सरकारमा कुनै भूमिका रोज्न आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई