749,723 total views, 142 views today
स्टेट्स खवर ।
धनुषा ।
अन्यदिन केलाको विक्री वितरण भएको हामी सबैलाई थाहा छ तर वर्षमा एक दिन जनकपुरधाम उप महानगर पालिका र आसपासका क्षेत्रमा केलाको बोटको विक्री वितरण हुने गरेको छ । प्रत्येक वर्ष तिहार र दीपावलीमा जनकपुरधाम उप महागर पालिका भित्र मात्र एकदिनमा लांखो मूल्य वराबरको केलाको बोट बिक्री हुने गरेको छ ।
धनुषाका बिभिन्न ग्रामीण क्षेत्रबाट ट्रेक्टर, टायर गाड़ा, ई रिक्शा सहितमा बोट लिएर व्यवसायीहरु विहानै देखी जनकपुरको प्रमुख बजारहरुमा विक्री वितरण गरेको सहजै हेर्न सकिन्छ । हिन्दू परम्परा अनुसार केलाको बोट सुध्दताको प्रतीक भएकोले गर्दा लक्ष्मीपूजा लगायतका पवित्र कार्यमा प्रयोग हुने गरेको छ । जनकपुरमा केला बोटको साथै सयपत्री (गेंदा) फूल र भगवान लक्ष्मी, गणेश र बिष्णुको माटोले बनेको मूर्तिको खरीद गर्नेहरुको पनि उलेख्य उपस्थिति देखियो ।
परापूर्व काल देखी नै अभिभावकहरुले लक्ष्मीपूजाको दिन पसल र घरमा केलाको बोट लगाएर दियो बल्ने गरेको स्थानीय जनकपुरका व्यवसायी बताउछन । सुद्धताको रुपमा केलाको बोट र पातको प्रयोग पूजाआदिमा प्रयोग हुने गरेको स्थानीय बताउछन ।
शनिवार लक्ष्मीपूजाको दिन जनकपुरधाम उप महानगर पालिकाको प्रमुख जानकी चौक, राम चौक, भानु चौक, पुरानो बजार, विद्यापति चौक लगायतका स्थानहरुमा केला बोट खरीद गर्नेहरुको भीड़ नै लागेको छ ।
अन्य वर्षको तुलनामा बोटको दाम पनि बढेको छ । एक जोड़ी बोट जनकपुरमा दुइ सय देखी पांच सय सम्म बिक्री वितरण भएको छ । धनुषाको पश्चिमी क्षेत्र शांतिपूरबाट ट्रेक्टरमा केलाबोट बिक्री गर्न जनकपुर आएका विकाश सिंहले यस पटक पचास देखी एक सय सम्म प्रति बोट बिक्री गरेको बताए ।
धनुषाको सदरमुकान प्रदेश २ के अस्थायी राजधानी जनकपुरधाममा आज लक्ष्मीपूजाको एक दिनमा मात्र ३५ लाख भन्दा बढि मूल्य बरवारको केलाबोटको बिक्री हुने स्थानीय बताउछन ।
व्यवसायीहरुको छाता संगठन धनुषा चेम्वर ऑफ कॉमर्सका उपाध्यक्ष सलामत राईनका अनुसार धनुषामा अन्यवर्ष झै व्यापार व्यवसायी न भएको प्रतिक्रिया दिए । उनले कोरोनाको कारण व्यापार नै प्रभावित भइको बताए । सरकारको भूमिका पनि व्यापारीको हितमा खाश केहि गर्न न सकेको बताए ।
अन्य खवर
२०७८ मा तीन दसैँ
घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकियाे