749,427 total views, 378 views today
काठमाडौँ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती आज, स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवद्र्धक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
अन्य खवर
आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै
आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै